काठमाडाैं ।। यही असार १ गतेको बाढीमा बेपत्ता भएका थप १ जनाको शव भेटिएको छ । योसँगै बाढीमा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने अझैँ २१ जना वेपत्ता छन् । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका २ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । दुई दिन अघि नै रामेछापको खाँडादेवि गाँउपालिका ४ पुछिघाटस्थित सुनकोशी नदिमा फेला परेको थियो । तर त्यतीबेला वेपत्ता सूचीमा समेत नरहेका उनको हिजो ढिला गरी पहिचान भएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here