काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १० हजार ९०४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये ६ हजार ५८३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५८४ र चार हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा कोरोना देखिएको हो।
यसका साथै कोरोना संक्रमितको कुल संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।त्यस्तै आज कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना निको भएका छन्। यसका साथै निको हुनेको कुल संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here