काठमाडाैं ।। इरान र विश्वका ६ शक्ति राष्ट्रहरूबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ । अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा सहभागीहरू आ–आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ । केही बुँदामा अझैँ पनि असहमति बाँकी रहेको र त्यसलाई समाधान गर्न आवश्यक रहेको अधिकारीहरूले बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । वार्ता फेरि कहिले सुरु हुन्छ भन्ने निश्चित नभए पनि आगामी १० दिनमा फेरि वार्ता हुनसक्ने अपेक्षा गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












