लुम्बिनी ।। लुम्बिनी प्रदेशको आगामी आर्थिक बर्ष २०७८÷ ७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । सरकारले प्रदेश प्रमुख धर्मनाथ यादव मार्फत मंगलबार नीति कार्यक्रम पेश भएको थियो । सरकारले कोभिड–१९, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । नीति कार्यक्रम माथि दुई दिनसम्म छलफल भएको थियो । नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले नीति कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने गरी नै ल्याएको बताउनुभयो । सांसदहरुले नीति कार्यक्रम रंगिबिरंगी कागज जस्तो भयो भनेर टिप्पणी गरेका थिए, जवाफमा मुख्यमन्त्री पोखरेलले नीति कार्यक्रम हुने नै त्यस्तै हो, भन्नुभयो । मुख्य कुरा कार्यान्वयन हुन्छ कि हुँदैन ? भन्ने नै रहेको उहाँको भनाइ छ । नीति कार्यक्रम कार्यान्वयन बजेट मार्फत हुने भएकाले त्यो सजिलै कार्यान्वयनमा जाने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज पारित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












