काठमाडौं ।। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको मोडालिटी भने परिवर्तन गरेका छन् । खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । अब पुस्तक पसल पनि खोल्न पाउने निर्णय भएको छ, पुस्तक पसल विहान ११ बजेसम्म खोल्न पाइन्छ । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुनः खोल्न दिइएको थियो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ । यस्तै अब होटल रेष्टुरेण्टको टेक अवे सेवा बिहान ७ बजेबाट खुल्ला गर्ने निर्णय गरिएको छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।