रौतहट ।। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा शनिवार बेलुकी घरायसी विषयमा भएको विबाद लिएर श्रीमानले श्रीमती माथि एसिड छ्याप्दा घाइते भएकी पिडित महिलालाइ मेची महाकाली बुहारी संयुक्त आवाजको प्रदेश २ संयोजक पुजा पाठक तिमिल्सिनाको सहयोगमा आइतवार थप उपचारको लागि काठमाडौँ पुर्याईएको छ ।
आफ्नै घरमा बसेको बेला पसलबाट बोतलमा एसिड लिएर आएका स्थानीय वडा नम्बर ४ निवासी ४२ वर्षीय दिपक वि क ले आफ्नै श्रीमती ३८ वर्षीय दिपिका विश्वकर्मा माथि प्रहर गर्दा घाइते भै तत्काल उपचारको लागि स्थानीय एप्प्लो अस्पतालमा लगिएको थियो ।
पिडित महिलाको बाया हात , पेट र खुट्टा तेजावबाट जलेको छ ! घटना भएको सुचना पाउने वितिकै प्रहरीलाइ सम्पर्क गरेर पीडकलाइ नियन्त्रणमा लिनु पर्ने दवाव दिएकि प्रदेश संयोजक पाठक आइतवार विहान अस्पताल पुगेर पिडित र पिडितका आफन्त सित कुरा गरेर सस्थाबाट उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा सित सम्पर्क गरि बागमती प्रदेश अध्यक्ष र काठमाडौँ अध्यक्ष संग समन्वय गरेर एम्बुलेन्स भाडा गरि पिडितलाइ उपचारको लागि कृतिपुर अस्पतालमा पठाईएको तिमिल्सिनाले जानकारी दिएका छन् ।
श्रीमती माथि एसिड प्रहर गर्ने श्रीमान दिपक विकलाइ प्रहरीले घटना लगतै नियन्त्रणमा लिएर कानुनी कार्यवाही आगाडी बढाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पिडित घाइते दिपिकाले शनिवार साझ करिव ६ बजे तिर श्रीमानले एसिड खन्याएको बताएकी छिन । शुरुमा विवाद हुदा श्रीमानले झापड हान्दा गालामा डाम देखिएको छ ।
सुनचांदीको पसल संचालन गर्दै आएका विकले बोतलमा राखेका एसिड पछाडी लुकाएर राखेको र छ्याप्न खोज्दा देखेर खोस्ने प्रयास गर्दा जिउमा एसिड खसेको उनले वयान दिएको छ ।
हानथाप हुने क्रममा मुख जोगिएको पिडितको भनाइ रहेको छ । ज्वाईले छोरीलाइ सधै भरि कुटपिट गर्दै यातना दिदै आएको पिडितको आमाले आरोप लगाएकी छिन । आखा भरि आशु बोक्दै पिडितको आमाले क्रुरता पूणर् कार्य गरेका निर्दयी ज्वाईलाइ कानुनी कार्यवाही हुनु पर्ने माग गरेकी प्रदेश संयोजक पाठकले बताएकी छिन ।
महिला माथि हुने घरेलु हिंसा , दाइजोको निहुमा हुने हिंसा , बाल अधिकार , महिला अधिकारको लागि विगत लामो समय देखि कार्य गर्दै आएकी साहसी महिला पाठकले पिडितको उपचारमा भए सम्मको सहयोग सस्थाबाट गर्ने प्रतिवद्धता जनाएकी छिन । उनले पिडितको न्याय र पीडकलाइ सजायको लागि संघर्ष गर्ने समेत उदघोष गरेकी छिन ।
एसिड पिडितलाइ पाठकको सहयोग उपचारको लागि काठमाडौँ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।