काठमाडाैं ।। विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १६ करोड नाघेको छ । कोरोना सम्बन्धीत तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १६ करोड २९ लाख २ हजार ५ सय ९६ जना स्वस्थ भइसकेको छन् । यस्तै विश्वभर गत २४ घन्टामा विश्वभर ९ हजार ६ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ लाख १ हजार २ सय ६ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ५४ हजार १ सय ६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण १७ करोड ६३ लाख ८७ हजार ५ सय १२ जना सङ्क्रमित भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।