उदयपुर ।। उदयपुरमा रुखको हाँगाले लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् । आज मध्यान्न १२ः२० बजेको समयमा त्रियुगा नगरपालिका–७ पानीतारे स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले काटाएको रुख काट्ने क्रममा टाउकोमा हाँगाले लागेर मृत्यु भएको हो । समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुख काटाएको जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












