नुवाकोट ।। नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत बाघ भेटिएको छ । तारकेश्वर गाउँपालिका ५ स्थित कात्तिके सामुदायिक बनमा मृत बाघ फेला परेको हो । मृत बाघलाई स्थानीयले प्रहरी समक्ष बुझाएका छन् । स्थानीयले प्रहरीलाई खबर गरे लगतै प्रहरी घटनास्थल पुगेको दाङसिंह प्रहरी चौकीले जनाएको छ । मृत अवस्थामा भेटिएको बाघलाई प्रहरीको रोहवरमा बन इकाई कार्यालय रातमाटेलाई हस्तान्तरण गरीएको छ ।बाघको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । यस वारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here