काठमाडाैं ।। नारगरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ । प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउनुअघि सरकारले नागरिकता अध्यादेश जारी गरेको थियो । यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषया छलफल हुनेछ । सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेमा अध्यादेश रोकिनेछ । अन्तरिम जारी नभएमा अध्यादेश अनुसार नागरिकता वितरण प्रक्रिया सुरु हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here