काभ्रे ।। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा १ सय २० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । कोरोना संङक्रमित व्यक्तिबाट नै मदिरा बिक्री बितरण भएको पाइएपछी नगरपालिका र प्रहरीको टोलीले उक्त मदिरा बरामद गरि नष्ट गरेको हो । नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीका स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा हिजो बरामद गरी नष्ट गरिएको र उक्त परिवारका सदस्यहरु कोरोना संङक्रमित रहेको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभएको छ । कोरोना संङक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोली अनुगमनमा गई मदिरा बरामद गरी नष्ट गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभएको छ । नगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमा मदिरा बिक्री वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमन तीब्र बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
कोरोना संक्रमितले बेच्दै गरेको घरेलु मदिरा नष्ट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।