काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । यसका साथै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय १९ जना निको भएर घर फिर्किएका छन् । यसका साथै निको हुनेको कुल संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको स्वास्थय तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । मृतयु हुनेको कुल संख्या ७ हजार ५ सय ५५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १९ हजार ९३ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here