एजेन्सी ।। चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्युएचओले आपतकालीन प्रयोगको अनुमती दिएको छ । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ। यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here