बारा ।। मकैबालीमा फौजी किरा लागेपछी बाराका किसानहरु समस्यामा परेका छन् । फौजी किराले बाली सखाप पार्ने क्रम बढेपछी किसानहरुले ठुलो नोक्सानी व्यहोर्नु परेको छ । दुई बिगाह क्षेत्रफलमा लगाएको मकैमा अमेरिकन फौजी किराले आक्रमण गरेपछि बाराको कतर्वाका सम्भु प्रसाद मैनालीले यस वर्ष पनि ठुलो नोक्सानी ब्यहोर्नुपरेको बताउनुभयो । किरा नियन्त्रणको उपाय खोज्दै कृषि कार्यालय देखी स्थानीय पालिकाको कृषि शाखामा पुगे पनी औषधी पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । औषधी नपाउँदा मैनालीले झण्डै तीन कठ्ठा क्षेत्रफलमा लगाएको मकै किराले सखाप पारेको छ । मकैको बीऊ किन्दा नै किसानलाइ सहजता नभएको र प्रति किलो सात देखी आठ सय रुपैयाँसम्म तिनुपर्ने कतर्वाकै अर्का किसान कमला भट्टराई बताउँहुुन्छ । एक लाख सात हजार हेक्टर कृषियोग्य रहेको बाराको ६ हजार चार सय २२ हेक्टरमा अझैपनि आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । डिप बोरिङ मार्फत सिँचाईको ब्यवस्था गरेका अन्य किसानलाई समेत खेतिका लागि सहज नभएको किसान किसान गणेशराज रिजालको भनाई छ । चालु आर्थिक वर्षका लागि सरकाले ल्याएको नीति तथा कार्यक्रममा दश वर्षमा कृषि उत्पादन दोब्बर बनाउने उल्लेख थियो । तर किसानहरुले सिंचाइ, मल, बीऊ, कृषि प्राबिधक देखि बजार सम्मको अभाब झेलिरहनुपरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here