रौतहट ।। रौतहटमा जारी गरिएको निषेधाज्ञा पुुन : एक साताका लागी थप भएको छ । कोरोना भाइरसको महामारीको संकटबाट आम नागरिकहरुलाई सुरक्षित राख्ने एउटै उपाय निषेधाज्ञा रहेकाले थप एक साता जेठ २६ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । कोरोना संक्रमणको विषम परिस्थितीमा नेपाल सरकारले अध्यायदेश जारी गरि कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भएको छ ।अबको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खाद्य सामाग्री किराना फलफुल तरकारीका पसलहरु हप्ताको ३ दिन आइतवार, मंगलवार र बिहिवार मात्र संचालन गर्न पाउने भएका छन । अन्य दिन भने सबै ब्यापार ब्यावसाय बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here