काठमाडाैं ।। भारतको गोवामा अक्सिजन अभावका कारण २६ जना बिरामीको मृत्यु भएको छ । गोवाका स्वास्थ्य मन्त्री विश्वजीत राणेका अनुसार, गोवास्थित गोवा मेडिकल कलेज अस्पतालमा अक्सिजन अभाव हुँदा २६ जना बिरामीको मृत्यु भएको हो । हिजो बिहान अस्पतालमा भर्ना भएका बिरामीहरुले समयमै अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहि समयका लागि कोभिड–१० वार्डमा अक्सिजनको आपूर्ति रोकिँदा उनीहरुको मृत्यु भएको बताउनुभएको छ । भारतमा पछिल्लो समय दैनिक जसो अक्सिजन अभावका कारण कोरोना सङ्क्रमित बिरामीको मृत्यु हुने गरेको छ । भारतमा कोरोनाको दोस्रो लहरका क्रममा देखिएको भारतीय भेरिएन्टले अवस्था भयावह बन्दै जाँदा मृत्यु हुने पनि बढ्दै गएको छ । गत २४ घन्टामा मात्रै भारतमा ४ हजार २ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ४ हजार २ सय २५ पुगेको छ ।
भारतको गोवामा अक्सिजन अभावका कारण २६ जना बिरामीको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।