काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभागले अहिले देशका केही भूभागमा मौसम सामान्य बदली रहेको तथा बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । आज बिहान मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै विभागले आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यस्तै राति भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ । प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here