एजेन्सी ।। इंग्लिस प्रिमियिर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गयराति भएको खेलमा लिसेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेपछि सिटीले तीन वटा खेल बाँकी छदैं उपाधि हात पारेको हो । शीर्ष स्थानमा रहेको सिटीको ८० अङ्क रहेको छ भने पराजित भएको म्यानचेस्टर युनाइटेडको ७० अङ्क रहेको छ । अब बाँकी रहेका तीन खेलमा सिटी पराजित भए पनि र युनाइटेडले तीन वटै खेल जिते पनि एक अङ्कले अघि रहँदै सिटीले प्रिमियर लिगको उपाधि उचाल्ने छ । सिटी चार वर्षको अन्तरमा तेस्रो पटक च्याम्पियन पनि बन्न सफल भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here