नुवाकोट ।। रसुवामा कोरोना सङ्क्रमित बढेपछि निषेधाज्ञा लागू भएको छ । सङ्क्रमित बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को हिजो धुञ्चेमा बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहरले जिल्लामा सङ्क्रमण दर बढेपछि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । निषेधाज्ञाभरि अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको नियम पालना, सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, भोजभतेरलगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने निर्णय भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घनटा खुला रहने छ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन रसुवाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here