नुवाकोट ।। नुवाकोटमा कोरोना सङ्क्रमणको दरमा कमी नआएपछि थप एकसाताका लागि निषेधाज्ञाको समय लम्ब्याइएको छ । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमित थपिने दर बढ्दै जादा निषेधाज्ञाको समय लम्ब्याइएको हो । हिजो बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजराति १२ बजेबाट लागू हुने गरी आगामी जेठ ३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गरेको हो । कोरोना सङ्क्रमण बढ्दै गएकोले सङ्क्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि वैशाख २१ गतेदेखि २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी थियो । निषेधाज्ञाको समय अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको छ भने खाद्य सामग्रीका पसल बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here