काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै हुनु हुन्छ । संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउनुहुनेछ भने बहुमत ल्याउन नसके प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । यसैबीच आफ्नै पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष झलनाथ खनाल र माधव कुमार नेपालनिकट सांसदले प्रधानमन्त्री ओलीलाई आफूहरूले भनेअनुसार पार्टीलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकताभन्दा अघिको अवस्थामा फर्काउन राजी नभए सामूहिक राजीनामा दिने बताइसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।