एजेन्सी ।। पश्चिम बंगालमा भएको हिंसामा परी १२ जनाको मृत्यु भएको छ । विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि राज्यका विभिन्न क्षेत्रमा भएको हिंसामा परी १२ जनाको मृत्यु भएको हो । भारतीय जनता पार्टी (बीजेपी) ले चुनावको नतिजा सार्वजनिक भएपछि टीएमसीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ । आइतबार पश्चिम बंगालमा भएको विधानसभा निर्वाचनमा बीजेपी पराजित भएको थियो भने ममता बनर्जीको पार्टी टीएमसीले बहुमत प्राप्त गरेको थियो । बंगाल प्रहरीका अनुसार आइतबार राति विभिन्न शहरमा भएको झडपमा परी १२ जनाको मृत्यु भएको घ भने १ सय जनाभन्दा बढी घाइते भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।