काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेपछि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्षले त्यसअघि नै ओलीको विकल्पमा नयाँ गठबन्धनको बहुमत जुटाउने कसरत सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रतिनिधि सभामा औपचारिक प्रस्ताव गर्नुअघि नै नयाँ सरकार गठनका लागि बहुमत पु¥याउने तयारी सुरु भएको हो । माओवादी केन्द्रले हिजो स्थायी कमिटी बैठकबाट वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ताको औपचारिक निर्णय गरेपछि प्रधानमन्त्री ओली स्वतः अल्पमतमा पर्नुभएको छ । यसअघि माओवादी परिस्थिति परिपक्व बनेपछि मात्र समर्थन फिर्ता लिने भन्दै परिस्थितिको आङ्कलन गरेर बसेको थियो । प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीलगायतका दलहरु सबभन्दा पहिले प्रधानमन्त्रीको प्रयासलाई असफल पार्न केन्द्रित हुँदैछन् । नेपाली काँग्रेसको हिजोको पदाधिकारी बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय नै गरिसकेको छ ।
आउँदो वैशाख २७ गते अघि नै नयाँ गठबन्धनका लागि दलहरु छलफलमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।