काठमाडौँ ।। देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५८ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here