एजेन्सी ।। भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत ८४ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको परिवार कल्याण एवं स्वास्थ्य मन्त्रालयका अनुसार हिजोबाट सुरु भएको तेस्रो चरणको खोप अभियान अन्तर्गत १८ वर्षदेखि ४४ वर्षसम्म्का ८४ हजार ५ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुलाई खोपको पहिलो डोज दिइएको हो । भारतमा हिजोबाट तेस्रो चरणको खोप अभियान सुरु भएपनि कोरोनाका कारण अति प्रभावित राज्यहरुमा खोप कार्यक्रम स्थगित गरिएको छ । साथै कोरोना महामारीका कारण विभिन्न राज्यमा खोप नै नपुगेका कारण पनि खोप अभियान सुरु हुन नसकेको मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण अवस्था भयावह बनेपछि सरकारको आलोचना समेत हुन थालेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here