सांकेतिक तस्विर

बाँके ।। कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा बेड अभाव भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले असिक्जनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँका अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोना सङ्क्रमितको उपचारका लागि भेरी अस्पतालमा परेको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आइसोलेसनले सहयोग पु¥याउने बताउनुभयो । आइसोलेसनमा बस्नेहरूलाई खाना र खाजाको समेत व्यवस्था उपमहानगरपालिकाले गरेको छ । विरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here