काठमाडौं ।। लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार बिहान राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिएका उनको राजीनामा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेका हुन् ।
संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ससदको विशेष अधिवेशन सुरु हुनुअघि नै राजीनामा दिएका पोखरेललाई नै मुख्यमन्त्री बनाउने गरि दलको बैठकले निर्णय गरेको हो।
आइतबार बिहान बुटवलस्थित एक होटलमा बसेको संसदीय दलको बैठकले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।