तस्वीर- इपीए

एजेन्सी ।। इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । बीबीसीले जनाएअनुसार यहुदी पर्व मनाउन भेला भएका दशौँ हजार मानिसबीच भागदौड मच्चिँदा उनीहरुको ज्यान गएको हो । उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए । आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन । तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन । वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here