काठमाडौँ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यसका साथै देशभर जम्मा संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेकाे छ।
गत २४ घण्टा ८८८ जना डिस्चार्ज भएका छन्। यसका साथै डिस्चार्ज हनेकाे कुल संख्या २ लाख ८० हजार १६७ पुगेका छ ।यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।