काठमाडौं ।। नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८७९ पीसीआर र ९५५ एन्टिजेन परीक्षणबाट गरी ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसका साथै निको हुनेहरुको कुल संख्या २ लाख ७९ हजार २ सय ७९ पुगेको छ ।
नेपालमा आज थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ ।
जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना छन् ।
तीव्र गतिमा फैलिँदै कोरोना,थप ४८९७ जनामा कोभिड १९ संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।