राैतहट ।। रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमणबाट एक जना ७० वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढ्दै गएको बेला रौतहटमा पहिलो संक्रमित व्यक्तिको मृत्यु भएको हो ।
कोभिड १९ को संक्रमणबाट संक्रमित भएका स्थानीय गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीमा ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । बैशाख ११ मा संक्रमित भएपछी घरमै होम आइसोलेशनमा बस्दै आएका उक्त बृद्ध पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछी उपचारको लागि जिल्ला अस्पतालमा ल्याउदा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।
१४ दिन भित्र जिल्लामा संक्रमितको संख्या १०१ पुगेको छ । मगलवार गरिएको २६ जनाको स्वाव परिक्षणमा १० जना संक्रमित भेटिए पछि सो संख्या बढेको हो ।
जिल्ला अस्पताल गौरले सार्वजनिक गरेको विवरण अनुसार चन्द्रपुर नगरपालिकामा ५ , गौर नगरपालिका , राजदेवी नगरपालिका ,इशनाथ नगरपालिका , कटहरिया नगरपालिका , गरुडा नगरपालिकामा एक एक जना पोजेटिभ भेटिएको छ ।
बैशाख महिनामा कोरोना भाइरसको संक्रमण उच्च रहेकोमा स्थानीय तहका प्रमुखहरुले क्वारेनटाइन तथा आइसुलेशन वार्डको व्यवस्थापनमा सक्रियता देखाउन सकेका छैन । जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकबाट गौर अस्पताल , जय किशान पोलिटेक्निकल कलेज धरहरी र चन्द्रनिगाहपुरमा आइसुलेशन वार्ड स्थापना गर्ने निर्णय गरे पनि अहिले सम्म आइसोलेशन संचालनमा आउन सकेका छैन ।
छिमेकी मुलुक भारतमा गम्भीर अवस्था देखिएको भएपनि खुल्ला सिमानामा निगरानी बढाएको छैन । गौर भन्सार , महादेवपट्टी र बंकुल नाकामा स्वास्थ्य परिक्षणको लागि हेल्प डेस्क स्थापना गरिए पनि चेकजाचको अवस्था दैनिय रहेको देखिएको छ ।
मुख्य नाकावाट पहिला देखि नै आवागमन बन्द भएपनि सहायक बाटो भएर आवागमन सुचारु रहेको छ । नेपालबाट भारत तथा भारतबाट नेपाल भित्रिने कार्य जारी रहेकोले कोरोनाको संक्रमण जोखिमपूर्ण हुने खतरा रहेको छ ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न आइसुलेशनको व्यवस्था तिव्र रुपमा गरिनु पर्ने अवस्था रहेको छ । संक्रमितहरु होम आइसुलेहन मा बसेर खुल्ला रुपमा परिवार तथा समुदायका व्यक्तिको सम्पर्कमा रहने गरेकोले संक्रमण फैलिने जोखिम रहेको छ ।
माओवादी केन्द्रले रौतहटका २ मेयर र ५ उपमेयरलाइ पार्र्टीबाट गरे निस्काशित
राकेश यादव , १४ बैशाख
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले रौतहटका २ नगर प्रमुख तथा ५ नगर उपप्रमुखलाइ पार्टीबाट कार्यवाही गरि निस्कासित गरेका छन ।
माओवादी केन्द्रबाट २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रिय कार्यालय ले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्काशित गरेको हो ।
पार्टी अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड द्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतको २०७७ फाल्गुन २३ गतेको निर्णयले पुर्वत रुपमा कायम भएको नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले पार्टीले निर्वाचित भएको पार्टी परित्याग गरि साविक एमालेमा प्रवेश गरेकोले कार्यवाही गरिएको जिकिर लिएको छ ।
स्थानीय तहमा पार्टीको प्रतिनिधित्व गर्नु पर्नेमा नगरी अन्य दल एमालेमा प्रवेश गरि उक्त दलको साधारण सदस्यता स्वीकार गरि राजनीतिक गतिविधिमा संलग्न रहेकोले पार्टीको विधान एवं राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ३१ को उपदफा १,२ र दफा ३२ को उपदफा १ ख विपरित कार्य गरेकोले प्रदेश समिति सदस्य एवं मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी साह , कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहालाइ हटाइएको पत्रमा उल्लेख गरिएको छ ।
२०७८ बैशाख १० मा पार्टीले सोधिएको स्पस्टिकरण चित्बुझ्दो नरहेको समेत दावी गरिएको छ । नेकपा माओवादी केन्द्रले यस अघि मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद जैसवाल , फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी महतो , देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी पटेल , माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी साह , यमुनामाइ गाउपालिकाका उपाध्यक्ष गीता देवी साहलाइ पार्टीबाट निस्कासित गरिएको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढ्दै, रौतहटमा कोरोनाबाट एक जनाको मृत्यु
कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढ्दै, रौतहटमा कोरोनाबाट एक जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।