रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण न्युनीकरण गर्नका लागि आन्तिरिक सेवा बाहेक सबै सेवा बन्द हुने भएको छ । चन्द्रपुर नगरपालिकामा रहेका १० वटा वडा कार्यालयहरु रहेका छन । ति सबै वडा कार्यालयहरुले बुधबार बैशाख १५ गतेबाट आफ्नो आन्तरिक सेवा बाहेकका सबै सेवा बुधबारबाट बन्द गर्ने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो । देशभर कोरोना संक्रमण दर उच्च हुदै गर्दा रौतहटमा पनि दिनानुदिन कोरोना संकटको सम्भावना बढ्दै गएको छ । कोरोना जोखिमबाट सेवाग्राहीहरुलाई बचाउन र आफु पनि बच्न नगरपालिकाले बुधबार १५ गतेबाट बैशाख २१ गतेसम्म नगरपालिकाको आन्तरिक सेवाका लागी मात्र नगरपालिका सञ्चालन हुने नगरप्रमुख चौधरीले बताउनु भयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।