काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कूल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । जसमध्ये २ लाख ७८ हजार ५०६ जना निको भइसकेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here