रौतहट ।। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रौतहट जिल्लामा कोभिडको संक्रमण दिन प्रति दिन बढ्दै गएकोले सुरक्षित रुपमा बस्न सवै सित आग्रह गरेको छ ।
दोस्रो चरणमा कोभिडको संक्रमण तिब्र रुपमा बढ्दै गइरहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गराउन जिल्ला स्तरीय कोभिड संक्रमण संकट व्यवस्थापन समिति सक्रिय भएको बताए । उहाले जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको बसेको बैठकले जिल्लामा सुविधा सम्पन्न आइसुलेशन निर्माण गर्न निर्णय गरेको जानकारी दिएका छन ।
मंगलबार सदरमुकाम गौर स्थित विपी चौकमा सर्व साधारणलाइ मास्क वितरण गर्ने कार्यक्रममा सम्वोधन गर्दै मास्क अनिवार्य रुपमा प्रयोग गर्न जनचेतना फैलाउने उदेश्यले वितरण गर्न लागिएको र भोलि देखि अनिवार्य रुपमा मास्क प्रयोग नगर्नेलाइ जरिवाना गरिने बताए ।
जिल्लामा देखिएको कोभिडको प्रकोपलाइ न्यूनीकरण गर्न जिल्ला अस्पताल गौरमा ५० बेड , धरहरीमा १०० बेड तथा चन्द्रनिगाहपुरमा ४० बेड को आइसुलेशन निर्माण गरिने जनाए । प्रमुख जिल्ला अधिकारी यादवले गत वर्ष संचालन गरिएको आइसुलेशन तथा पिसिआर मेशिन बापत ३७ लाख रुपैया भुक्तानी गर्न बाकि रहेकोले रकम व्यवस्थापन गर्न समेत निर्णय गरिएको बताए ।
प्रत्येक स्थानीय तहबाट ५ लाखका दरले रकम सहयोग गर्ने भएको सहमति अनुसार ११ स्थानीय तहले जिल्ला अस्पताल व्यवस्थापन समितिको नाउमा रकम उपलव्ध गरे पनि ७ वटा स्थानीय तहले रकम नदिएको बताए । उहाले भने ७ वटा स्थानीय तहले रकम उपलव्ध नगराउदा पिसिआर मेशिन संचालन व्यवस्थापन गर्न समस्या भएको हो ।
बाकी राखेको स्थानीय तहलाइ समय मै रकम बुझाउन आग्रह गरिएको छ थप रकम व्यवस्थापनको लागि संघीय तथा प्रदेश सरकार लाइ आग्रह गर्ने उनले जनाए । कोभिडको संक्रमण बढ्दै गइरहेकोले जिल्लामा भएका सामुदायिक विद्यालयलाइ निर्धारित कार्यक्रम अन्तर्गतको परिक्षा बैशाख १० गते सम्म सकाएर बैशाख सम्म विद्यालय बन्द गर्न आग्रह गरिएको बताए ।
नेपाल भारत सिमा नाकामा हुने आवागमनमा निगरानी गर्ने , भिडभाड हुने कार्य नगर्न , भौतिक दुरी कायम गर्न , साबुन पानीले नियमित हात धुन , मास्क तथा सेनिटाईजरको प्रयोगमा कडाइ गर्न समितिले निगरानी गर्ने बताए ।
संक्रमित व्यक्तिलाइ नेपाल सरकारले निर्धारण गरेका मापदण्ड अनुसार होम आइसुलेशनमा बस्नु पर्ने भएकोले निगेटिभ नभए सम्म बाहिर हिडडुल गर्दा फेला परे संक्रमण रोग ऐन अन्तर्गत कार्यवाही गरिने चेतावनी समेत दिए ।
आर्थिक समस्याको कारण जिल्लामा संचालित पिसिआर मेशिन जेष्ठ देखि बन्द हुने अवस्थामा पुगेको बताए । मेशिन संचालनको लागि चाहिने जनशक्ति , केमिकल्स आपूर्तिमा रकम अभावले जटिलता उत्पन्न भइरहेको उहाको भनाइ रहेको छ ।
प्रत्येक स्थानीय तहले विगतको वर्ष जस्तै क्वारेनटाइन निर्माण गर्न सम्भाव्यता अध्यन गरि तयारी अवस्थामा बस्न अनुरोध गर्ने उहाले बताए । गौर भन्सार , महादेवपट्टी तथा बंकुल नाकामा हेल्पडेस्क स्थापना गरि कडाईका साथ परिक्षण गरिने बैठकबाट निर्णय भएको जानकारी गराए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here