रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले मास्क नलगाउने माथि कार्यवाही गरिने बताउनु भएको छ ।
जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार सचेतनाको लागि मास्क वितरण कार्यक्रममा संचारकर्मीहरु सित संक्षिप्त कुरा गर्दै प्रहरी उपरीक्षक शाहले मास्क लगाउन सर्व साधारणलाइ आग्रह समेत गरे ।
कोभिड १९ को दोश्रो चरणको संक्रमण दिन प्रति दिन बढ्दै गईरहेकोले सावधानी अपनाउन सतर्क बस्नु पर्ने आवश्यक भएको धारण राखे । उहाले मास्क प्रयोगबाट संक्रमण फैलिनबाट सुरक्षित हुने भएकोले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जोड दिदै मास्क नलगाएको फेला परेमा १०० रुपैया जरिवाना गरिने चेतावनी दिए ।
जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको निर्णय कार्यन्वयन गर्न प्रहरी सक्रिय रुपमा लागेको बताउदै विबाह ,ब्रत बन्धन लगायतका कार्यमा २५ जना भन्दा बढी सहभागी नहुन अपिल समेत गरे । निर्धारण गरिएको संख्या भन्दा बढी सहभागी गराएमा प्रहरीले हस्तक्षेप गरि कानुनी कार्यवाही समेत गर्ने बताए ।
मास्क लगाएको बा नलगाएको बारे चेक जाच गर्न जिल्ला भरिका प्रहरी युनिटलाइ निर्देशन दिइएको बताए । शहरी तथा ग्रामिण भेगमा पनि मास्कको प्रयोगलाइ निरन्तरता दिन प्रहरीलाइ निर्देशन दिएको उहाको भनाइ रहेको छ । मास्कको प्रयोग नगर्नेलाइ पहिलो पटक १०० रुपैया जरिवाना गरिने उहाले भने दोस्रो पटकमा संक्रमण रोग नियन्त्रण ऐन अन्तर्गत कानुनी कार्यवाही गरिने छन ।
सार्वजनिक स्थलहरुमा बहु संख्याक रुपमा भेला हुन रोक लगाइएकोले भिडभाड समेत नगर्न आग्रह गर्दै यस्तो कार्य गर्नेलाइ कानुनी दयारामा ल्याउने चेतावनी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here