नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर प्रस्तुत गरेको छ । जसमा ग्राहकहरुले रु. एक लाखसम्मको निःशुल्क स्वास्थ विमा प्राप्त गर्नेछन् ।
स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवाको नयाँ जडान तथा नबिकरणमा रु. एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने भएको छ । सेवा २०Mbps भन्दा माथिको Bandwidth मा लागु हुनेछ ।
कम्पनीले स्वास्थ विमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ रु. एक लाख सम्मको स्वास्थ्य बिमा प्राप्त गर्नुहुनेछ । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास लिइएको छ । अफर सिमित अवधीका लागि रहनेछ र शर्त तथा नियमहरु लागु हुनेछ ।

सुबिसुकाबारेमा
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

Clear TV बारेमा ः
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसलेMPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here