सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा माओवादी केन्द्रले भोलि दिउँसो १ बजेको लागि स्थायी कमिटी बैठक बोलाएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको माओवादी नेताहरुले बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनको माढीमा आज आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार निरङ्कुश र असंवैधानिक भएको भन्दै आफूहरु त्यसलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको बताउनुभयो । निरङ्कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको प्रचण्डको भनाइ छ । कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र गुटको दुस्साहसको अन्त्य भएको भन्दै अब गण्डकी र लुम्बिनीमा पनि सोही अवस्था आउने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here