वीरगंज ।। भारतबाट नेपाल प्रवेश गर्ने मुख्यद्वार वीरगन्जमा फेरि कोरोना सङ्क्रमणको जोखिम उच्च देखिएको छ । अघिल्लो लहरमा पनि मुख्य रुपमा प्रभावित बनेको वीरगञ्जमा सर्तकता नअपनाइदा अहिले स्थिति झन् भयावह हुन सक्ने खतरा देखिएको छ । शून्य सङ्क्रमित पुगेको वीरगञ्जमा एकाएक सङ्क्रमण बढेको छ । अघिल्लो बर्ष नै अति प्रभावित बनेको वीरगञ्जमा यसपटक पनि छुट्टै कोभिड विशेष अस्पताल छैन । अस्पतालहरुमा चिकित्सकको अभाब कायमै छ । आइसोलेसन वार्डर र क्वारेन्टाइन पर्याप्त छैन । यस्तो संरचनामा कोरोना सङ्क्रमण रोक्न नसकिने नारायणी अस्पतालका डा.निरज सिंहले बताउनुभयो । अघिल्लो वर्ष कोभिड अस्पताल सञ्चालन गर्दा १० करोड रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि प्रदेश र केन्द्र सरकारबाट सहयोग नभएकाले यसपटक कोरोना व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको नगर प्रमुख बिजय सरावगि बताउँनुहुन्छ । पर्सामा दिनहु सङ्क्रमण दर उच्च गतिमा बढि रहदा सरकोकारवाला निकायले सङ्क्रमण फैलन नदिन प्रभावकारी कदम चाल्न सकेका छैनन् । १४ स्थानीय तह रहेको पर्सामा वीरगन्ज महानगर बाहेक बाँकी १३ स्थानीय तहले कोरोना महामारीलाइ लक्षित गरि कुनै तयारी वा सावधानी अपनाएका छैनन् । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे भने सीमामा कडाइ गरेको र सबै पालिकालाइ तयारी अवस्थामा बस्न आग्रह गरेको बताउँनहुन्छ । वीरगञ्ज सहित प्रदेशभर कोरोना फैलन नदिन प्रदेश तहबाट के हुन्दै छ ? स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झा प्रदेश स्तरबाट गर्नुपर्ने सम्पूर्ण तयारी गरेको बताउँनुहुन्छ । आवश्यक क्वारेन्टाइन, आइसोलेसन केन्द्र तथा अस्पताहरु तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले प्रदेश २ को पर्सा , बारा सहित १४ जिल्लालाइ सङ्क्रमणको अति उच्च जोखिम जिल्ला घोषणा गरिसकेको छ । पर्सामा दिनहु सङ्क्रमण बढिरहदा सरकोकारवाला निकायले प्रभावकारी कदम चाल्न सकेका छैनन ।
Home प्रदेश समाचार मधेश प्रदेश वीरगन्जमा कोरोना सङ्क्रमणको जोखिम उच्च,सर्तकता नअपनाइदा स्थिति भयावह हुन सक्ने
वीरगन्जमा कोरोना सङ्क्रमणको जोखिम उच्च,सर्तकता नअपनाइदा स्थिति भयावह हुन सक्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।