काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यसका साथै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ।
यस्तै २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । निको हुनेको दर ९६।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा छन्। ११६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here