काठमाडाैं ।। ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुदैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेलमा पञ्जावसँग पराजित राजस्थान आजको खेलमा जित निकाल्दै अङ्क जोड्न चाहन्छ भने दिल्ली लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको थियो । दिल्ली रिसब पन्तको कत्पानीमा र राजस्था सञ्जु सैमसनको कप्तानीमा मैदान उत्रने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here