रौतहट ।। रौतहटमा बुधबार एक जना कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ७ का २६ वर्षीय पुरुष संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा।कमलेशप्रसाद यादवले जानकारी दिए । यादवका अनुसार रौतहटमा २ जना होम आइलोसन रहेको जनाइएको छ । रौतहटमा रहेको ८४ बेड क्षमता भएको आइसोलेसन रहेको छ तर अहिले ति आइसोलेसनहरु प्रयोग विहिन अबस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ को सप्तरीमा ३ , सिरहामा ८, धनुषामा २१, महोत्तरीमा १०, सर्लाहीमा २, रौतहटमा २, बारामा ४१ र पर्सामा १ सय ३५ जना गरी जम्मा २ सय २२ जना व्यक्ति होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।