काठमाडाैं ।। डेनमार्कले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप तत्कालका लागि बन्द गरेको छ । बेलायतको अक्सफर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपले मानिसहरुमा समस्या देखिएपछि डेनमार्कले तत्कालका लागि खोप लगाउन रोक लगाउने निर्णय गरेको हो । डेनिश स्वास्थ्य प्राधिकरणले “दुर्लभ, तर गम्भीर” साइड इफेक्ट देखिएकोले खोप लगाउनमा रोक लगाउन परेको बताएको छ । गत शनिबार यो खोप लगाएपछि एक जनाको मृत्यु भएको थियो । यो निर्णयसँगै एस्ट्राजेनेका खोपबाट हात झिक्ने डेनमार्क यूरोपियन युनियनभित्रको पहिलो राष्ट्र समेत बनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here