काठमाडाैं ।। सन् २०१९ को डिसेम्बरमा कोरोना सङ्क्रमण देखिएपछि वैज्ञानिकहरु भाइरसलाई लिएर अनभिज्ञ थिए । अहिलेसम्म पनि महामारीको बारेमा ठोस निस्कर्ष निस्कन सकेको छैन । भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि दोस्रो लहरको सुरु भनेर, चर्चा हुन थालेको छ । नारायणी अस्पतालमा वीरगञ्मा कोरोना उपचारमा खटिनु भएका डा. निरज सिंहलाई अब नेपालमा कोरोना सकियो भन्ने लागेको थियो । तर, सङ्क्रमणका हिसावले आजभन्दा ठीक एक वर्ष अघिकै अवस्थामा फर्किएको अनुभव गरिरहनुभएको छ । कारण, सून्य दर रहेको जिल्लामा सङ्क्रमित थपिने दर बढ्दैछ । सरकारले चैत ११ गतेका दिन देशव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यतिखेर जम्मा सङ्क्रमितको सङ्ख्या ३ थियो । अहिले नेपालमा सङ्क्रमितको संख्या २ लाख ७६ हजार नाघिसकेको छ । दुई महिना अघि घटेको सङ्क्रमण फेरि बढेर पुरानै अवस्थामा फर्किने अवस्थामा छ । चीन, स्पेन, बेलायत, इटली लगायतका मुलुकमा दोस्रो चरणको कोरोनाको लहर सुरु भइसकेको थियो । छिमेकी मुलुक भारतसहितका अन्य मुलुकहरुमा कोरोनाको दोस्रो चरणको लहर फैलिदै गर्दा गर्दा नेपालमा पनि त्यसको प्रभाव देखिन सक्ने विज्ञहरुले आँकलन गरेका थिए । ५ महिना अघि नेपालका ६८ जिल्लामा नयाँ सङ्क्रमित थपिने थाल्दा विज्ञले सचेत गराएका थिए । विज्ञले भनेका कुरामा अहिले सरकार सचेत बन्ने तयारी गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले कोभिड विशेष अस्पताललाई फेरि ब्युताउँने, सबै सीमा नाकाहरुमा हेल्थ डेस्क राख्ने, एन्टिजेन परीक्षण गर्ने, कोरोनाको सम्पर्क÷संसर्गको खोजी गर्ने लगायतका कामलाई फेरी सुरु गर्ने कामका लागि सबै निकायलाई परिपत्र गरिएको बताउनुभयो । चीन हुँदै मध्यपूर्वी मुलुक इरानपछि युरोप प्रवेश गरेको कोरोना सङ्क्रमणको अहिले विश्वका ६० भन्दा बढी मुलुकमा दोस्रो लहर सुरु भइसकेको छ । भाइरसबाट लड्ने एक मात्रै विकल्प खोप भनिएपनि पछिल्लो समय खोपको दुबै डोज लगाइसकेकामा पनि सङ्क्रमण देखिँदा त्यसले सङ्क्रमितको दर बढेको देखिन्छ ।
Home मुख्य समाचार नेपालमा पनि कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएकाे चर्चा,सरकार सचेत बन्ने तयारी...
नेपालमा पनि कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएकाे चर्चा,सरकार सचेत बन्ने तयारी गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।