रौतहट ।। सेन्चुरी कमर्सियल बैंक गरुडा शाखाले जिल्ला प्रशासक कार्यालय रौतहटलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।
प्रशासनीक काम काजको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलवार एक समारोहका विच सेन्चुरी कमर्सियल बैंक गरुडा शाखाले ५० हजार मूल्य बराबरको कम्प्यूटर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेको हो ।
बैंकको प्रदेश नम्वर २ को प्रमुख सौरभ चौधरीको उपस्थितिमा गरुडा शाखाको प्रबन्धक दिनेश कर्णले प्रजिअ यादवलाई जिल्ला प्रशासन कार्यालयमा काम काज सहज एवं सहज बनाउन तथा अभिलेखहरु सुरक्षित राख्नको निमित्त उक्त कम्प्यूटर हस्तान्तरण गरिएको बताइएको छ ।
हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भटराई, नेपाल सेना वृदल गणका क्याप्टेन झलक गुरुंग, नायव सुब्बा रामनरेश साहको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here