काठमाडाैं ।। सर्वोच्च अदालतले एकीकृत नेकपालाई ब्युत्याइँदिए पछि नेकपा एमालेमा विवाद उत्कर्समा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा माधव कुमार नेपाल गरी अहिले एमालेमा दुई गुटको विवाद उत्कर्समा पुगेको हो । विवादकाबीच खनाल–नेपाल समूहले आजदेखि राष्ट्रिय भेला ललितपुरमा सुरु गर्न लागेको छ । पर्सीसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ताहरु भने आज काठमाडौं आइपुग्ने छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले आज छुट्टै भेला गर्न लागेको हो । खनाल–नेपाल समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाउनुभएका थियो । तर, कुरा मिल्न नसकेपछि खनाल–नेपाल समूहले आजदेखि भेलाको आयोजना गर्न लागेको हो । भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै भेला नगर्न खनाल–नेपाल पक्षलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीको नाममा खनाल–नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी समेत दिनुभएको छ ।
नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












