मुम्बइ ।। बलिउड अभिनेता आमिर खानले भने आफ्नो जीवनबाट सामाजिक सञ्जाललाई बिदा गरेका छन् । उनले आफ्नो ५६ औँ जन्मदिन मनाएपछि सामाजिक सञ्जालबाट अलग बस्ने घोषणा गरेका छन् ।
उनले इन्स्टाग्राममा जन्मदिनको शुभकामना दिने शुभचिन्तकलाई धन्यवाद भन्दै सामाजिक सञ्जालबाट अलग बस्न चाहेको बताएका छन् । उनले सोही पोस्ट आफ्नो अन्तिम पोस्ट हुने समेत लेखेका छन् ।
आमिरलाई सामाजिक सञ्जालमा पछ्याउने शुभचिन्तक धेरै छन् । उनलाई ट्विटरमा २६ लाख ५० हजार, फेसबुकमा १८ लाख र इन्स्ट्रामा ३ लाखभन्दा धेरैले फलो गरेका छन् । उनको यो निर्णयले उनका फ्यानलाई दु:खी बनाएको छ ।
आमिर ‘लाल सिंह चढ्ढा’को छायाङ्कनमा व्यस्त छन् । यो चलचित्रमा उनी अभिनेत्री करिना कपुरसँग रोमान्स गरिरहेका छन् । सामाजिक सञ्जालबाट टाढा बस्ने घोषणा गरेका आमिरका चलचित्रको जानकारी अब आमिर खान प्रोडक्सनको अफिसियल अकाउन्टबाट दिइने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here