काठमाडौं ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको विधि विधान विपरित हिँड्नेलाई कार्वाही गर्ने अभिव्यक्ति दिएपछि पूर्वमन्त्री समेत रहेका भट्टराईले चुनौति दिएका हुन् ।
बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताए । ‘इतिहासले ओलीलाई पनि निर्मम कारबाही गर्ने छ ।’ उनले भने ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् ।’
नेता भट्टराईले प्रधानमन्त्रीलाई धम्कीको भाषा नबोल्न आग्रह समेत गरे । भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here