काठमाडौं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तीनबुँदे सहमतिको पालना गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले सहमति पालना गर्नेमा आंशका नगर्न पनि आग्रह गरे।
राष्ट्रिय सभागृहमा सरकार र उनी नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिमा आज हस्ताक्षर भएपछि बोल्दै विप्लवले देशको राजनीतिक परिवेश बदलिएपछि तीनबुँदे सहमति गर्न पुगेको उल्लेख गरे। उनले सरकार र नेकपाबीच भएको सहमतिलाई ‘जुन र घामको भेट’ भनेका छन्।
“यो कस्तो प्रेम भयो जुन र घामको जस्तो, हामी यस्तै थियौं तर जुन र घामको भेट हुन्छ भयो, योभन्दा अगाडि हाम्रो नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो र मैले कुरा राखेको थिएँ,” विप्लवले बताए।
उनले नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढेको तर जीवनको रुपान्तरण भने हुन नसकेको बताए। त्यही भएर ओलीलाई नेतृत्व गर्न भनिएको उनले बताए।

विप्लवले तीनबुँदे सहमतिमा हस्ताक्षर भएपछि सरकार र नेकपा दुवैले जिम्मेवारी पूरा गरेको अनुभूति भएको पनि धारणा राखे।
यस्तै उनले कम्युनिस्टहरू जहिले कम्युनिस्ट मान्यता, आचरण, देशमाथि गिद्धेदृष्टि कसैले लगाए विद्रोह गर्ने चरित्रका हुने बताए। तर विद्रोही मात्रै भनेर कम्युनिस्टलाई बुझ्न नहुने र कहिलेकाँही परिवेश बदलिएपछि शान्तिदूत पनि हुने उनले बताए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here