काठमाडौँ ।। शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयमा नयाँ स्मार्ट सिटी निर्माणको प्रगतिका बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणसंग छलफल गर्दे मन्त्री साहले नयाँ स्मार्ट सिटी निर्माणलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका हुन् ।
उनले उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटी तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
यसअघिका आयोजना समयमा नै निर्माण हुन नसक्दा जनतामा निराशा छाएको भन्दै उहाले अधिकतम रुपमा जनताको सहभागिता गराउनुपर्ने उल्लेख गरे ।
नयाँ नगरले काठमाडौं उपत्यकाको स्वरुप बदलिने र भद्रगोल शहरीकरणलाई व्यवस्थीत शहरीकरण गर्न पनि योजना महत्वपूर्ण हुने उनले बताए । त्यस्तै मन्त्री साहले उपत्यकाबाहिर पनि १० वटा नयाँ शहर निर्माणमा सरकार अघि बढेको जानकारी दिए ।
काठमाडौंमा बन्न लाागेको नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । नयाँ शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’, र उत्तर काठमाडौं नाम दिइएको छ । स्मार्ट सिटी ४ देखि ६ बर्षसम्ममाा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । नयाँ शहरमा पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखिनेछ ।
Home मुख्य समाचार नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन मन्त्री साहको निर्देशन...
नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन मन्त्री साहको निर्देशन निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।