काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ४ सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल मुलुकभर ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।
सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।